बैतडी : निषेधाज्ञाका कारण बैतडीका सञ्चालन हुने भनिएका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरू प्रभावित भएका छन्। उक्त कार्यक्रम अन्तर्गत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका थिए।
उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरूमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रवर्द्धन, सिकाई सामाग्री उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पूर्वाधार विकास लगायत योजना निर्माणको काम हुँदैथियो।
असार मसान्तसम्ममा नै योजना सम्पन्न गर्नेगरी बजे...