बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान