ट्राफिक प्रमुख फेरिएसँगै सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ, तीन दर्जन बढी सवारी साधन कारबाहीमा

सुर्खेत : सुर्खेत ट्राफिक प्रहरी प्रमुख फेरिएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा आक्रामक देखिएको छ। ट्राफिक प्रहरी प्रमुखमा उपेन्द्रप्रसाद आचार्य आएसँगै सुर्खेतमा सवारी साधान व्यवस्थापन लगायतका नियम पालनामा कडाइ गरिएको छ। वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा साना तथा ठूला गाडीहरु अव्यवस्थित पार्किङ लगायत अनिवार्य ट्राफिक नियम पालना गरे नगरेको

सम्बन्धित सामग्री

एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना

काठमाडाैँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए। उनले भने, ‘ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ […]

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

ट्राफिक नियम तोड्ने ३८ सय सवारीसाधन कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४० अन्य सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामसिंह भण्डारीले बताए।...

पाँच महिनामा सिरहा करिब १८ हजार सवारी साधन कारबाहीमा

जिल्ला ट्राफिक कार्यालय सिरहाले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारी साधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया,...

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारबाहीमा परेका छन्। चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।

आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारी साधन कारबाहीमा परेका छन् ।

बैतडीमा बढ्यो ट्राफिक नियम उल्लंघनका घटना

बैतडी : बैतडीमा ट्राफिक नियम उल्लंघनको घटना बढ्दै गएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण चालु आर्थिक वर्षको अहिलेसम्म दुई हजार १३४ सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलका अनुसार गत आर्थिक वर्ष एक हजार ८८४ वटा सवारीसाधन कारवाहीमा परेका थिए। चालु आर्थिक वर्षको यो अ...