एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्टस् सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो ।यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६-२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४-१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पार्‍याे । उपव

सम्बन्धित सामग्री

न्युज २४ लाई मिडिया कप फुटसल उपाधि

पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसल उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको नेसनल स्पोर्ट्स सेन्टर च्यासलमा मंगलबार भएको फाइनल खेलमा न्युज २४ टेलिभिजनले नेपाल पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोलले हरायो ।

मिडियाकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा […]

एफएनजे मिडिया कप चैतमा

काठमाडौं । नेपाल पत्रकार महासंघले आगामी चैत १६ गते एफएनजे मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । विज्ञप्तिमा जनाएअनुसार महासंघको ६७औं स्थापना दिवसको अवसरमा पत्रकारबीच पहिलो प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा १५ भन्दा बढी टिमका १ सय ५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा पनि गरिएको छ । दुई दिनसम्म […]

पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता हुने

आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ । साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित ह

पत्रकारबीच एफएनजे मिडिया कप फुटसल प्रतियोगिता हुने

काठमाडौं- आफ्नो ६७औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ। पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको […]