यतिखेर सामाजिक सञ्जालमा स्ट्यान्ड अप कमेडीबाट चिनिएका कमेडियन आदर्श मिश्रा र उनको बुवासँगको फोटोहरु शेयर भइरहेका छन् । युट्युबमा आदर्शले अपलोड गरेका भिडियोपनि शेयर भइरहेका छन्। किनकी उनलाई यतिखेर पितृशोक परेको छ। मिर्गौलाका रोगी उनका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमा लेखेका छन्, “ मेरो घरमा पनि डायलाइसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाई । सायद त्यो बिग्रेको मेसिन टाइममै बनाउ...