तीन महिनासम्म पनि कार्यदलले बुझाउन सकेन क्रिप्टोकरेन्सी सम्बन्धी प्रतिवेदन, कारण : कर्मचारी सरुवा बढुवा र विदेश भ्रमण

काठमाडौं : क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपरफण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तीन महिनासम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन। माघको अन्तिमतिर अर्थ मन्त्रालयले सहसचिव भूपाल बरालको नेतृत्वमा कार्यदल गठन गरेको थियो। फागुन ३ गते कार्यदलको पहिलो बैठक बसेको थियो। सहसचिव बरालको नेतृत्वमा गठन भएको समितिमा राष्ट्र…