काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-टूमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले नेपाल पराजित भयो। दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए। मिलान्द कुमारले ७० रन बनाए। ओपनर शायन जाहाँगिर ३६‚ कप्तान मोनांक […]