एकीकृत समाजवादी सचिवालय बैठकः मन्त्री हेरफेरको विषय छिटो टुंग्याउन दबाब

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन्। बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय सचिवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन्। बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार बस्ने बैठक स्थगन भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय बैठक शनिबार बस्ने गरी स्थगित गरिएको हो ।

एकीकृत समाजवादी सचिवालय बैठक : वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।