सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ