‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि मुलुकभित्रै उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ । औषधिमा आत्मनिर्भर बन्न स्वदेशमै व्यावसायिक जडीबुटीखेती प्रवर्द्धन गर्नुपर्ने समेत उहाँले बताउनुभयो । ‘कोभिडको समयमा पनि हामीले औषधि अभावको चुनौती बेहोर्‍यौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले औषधि उत्पादनमा लगानी बढाएर आपूर्ति व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय जडीबुटीको उत्पादनमै जोड दिनुपर्छ ।’ साथै निजीक्षेत्रले औषधिमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला राज्यले पनि यसलाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन राज्य र निजीक्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको ब्याज लगायतका क्षेत्रमा समस्या रहेको बताए । अहिलेको समस्याबाट मुक्त हुन सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने उनले बताए । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधिमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो औंल्याए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधिको भूमिका महत्त्वपूर्ण रहेको बताए । सहयोगका लागि सरकार तयार : उपाध्यक्ष पौडेल यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उक्त एक्स्पोको दोस्रो दिन शनिवार आयोजित ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘औषधिको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । साथै हाल नेपालको विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले निर्यातमूलक वस्तुको उत्पादन बढाउनुपर्ने बेला आएको उनले बताए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधिको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानी पनि आवश्यक रहेको बताए । नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधिको उत्पादन बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन गर्न सक्षम भएको बताए । साथै २०३५ सालमा बनेको औषधि ऐन अद्यावधिक गरिनुपर्ने उनले औंल्याए ।

सम्बन्धित सामग्री

दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।...

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

छेन्दु (चीन) – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ। चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए। नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर […]

‘अर्थतन्त्रमा सुधार ल्याउन लगानी वृद्धि अपरिहार्य’

मुख्य सचिव डा.बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मुख्य सचिव अर्याललाई बधाइ तथा शुभकामा दिएपछि उनले सो उक्त कुरा बताएका हुन् । परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मुख्य सचिव अर्यालसँग भेट गरी शुभकामना दिएको थियो । मुख्य सचिव अर्यालले पुँजीगत खर्च बढाउन आवश्यक रहेको […]

‘अर्थतन्त्रको समस्या समाधान गर्न लगानी वृद्धि अपरिहार्य’

मुख्य सचिव डा बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । उनले पूँजीगत खर्च बढाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने स्पष्ट पार्दै उनले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे […]

देशकाे अर्थतन्त्रले कृषि र उद्याेगमा लगानी वृद्धि खाेजेकाे छ : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि र उद्योगमा लगानी वृद्धि खोजेको बताउनुभएको छ ।  मङ्गलवार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताउनुभयो । राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी जोखिमको सुरक्षण गर्ने नीति ल्याएको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको आफ्नै किसिमको नीति भएकाले सरकारले वा अर्थतन्...

पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रबर्द्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो । सोही नीतिअनुरुप तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रबार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्र

उद्यमशीलता र स्वरोजगारी सिर्जनामा लगानी गर्न सुझाव

धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२औं साधारणसभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वरोजगारी सिर्जनामा लाग्नुपर्ने बताएका हुन्।...

‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’

मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।...

बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै

वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ । अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल  बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ । चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो । […]

बैंकको कर्जा लगानी वृद्धि दोब्बर

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत […]