एनसेल किनबेचमा विवाद : १४३ अर्बमा किनेको एनसेलको शेयर साढे ६ अर्बमा बेचेपछि अनेकौं प्रश्न

काठमाडौं। सन् २०१६ मा १ अर्ब ३८ करोड अमेरिकी डलर (त्यति बेलाको झन्डै १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर खरीद गरेको मलेशियाको आजियाटा समूहले ७ वर्षपछि आफ्नो अंश ५ करोड अमेरिकी डलर (शुक्रवारको विनिमयअनुसार झन्डै ६ अर्ब ६८ करोड रुपैयाँ) मा विक्री गरेपछि अनेकौं प्रश्न उब्जिएका छन् । यसले एनसेलको शेयर किनबेचमा विवाद हुने देखिएको छ ।  शेयर स्वामित्व छाड्दै गर्दा एकातिर मलेशियाको आजियाटा समूहले नेपालमा काम गर्ने वातावरण नभएको संकेत गरेको छ भने अर्कोतर्फ नाफा गरिरहेको कम्पनीलाई खरीद मूल्यभन्दा निकै सस्तोमा विक्री गर्दा ‘कर छलीको उद्देश्य वा त्यसभन्दा अरू केही’ नै हुन सक्ने सरकारी अधिकारीहरूको अनुमान छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले आजियाटाले एनसेलको शेयर विक्री गर्दा अनुमति नलिएको भन्दै पत्र पठाएको छ । आजियाटा एनसेलबाट बाहिरिने खबर सार्वजनिक भएपछि प्राधिकरणले शुक्रवार एनसेललाई अनुमति लिएर कारोबार गर्न पत्राचार गरेको थियो । दूरसञ्चार नियमावली २०५४ को नियम १४ मा कुनै दूरसञ्चार सेवाप्रदायक कम्पनीले शेयर स्वामित्व हस्तान्तरण गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने उल्लेख छ । आजियाटाले प्राधिकरणबाट अनुमति नलिएको विषयमा केही खुलाएको छैन ।  आजियाटाले बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर बेचेको बताएको छ । शेयर विक्रीबापतको रकम स्पेक्ट्रलाइटले ५० लाख अमेरिकी डलर (करीब ६६ करोड ८१ लाख रुपैयाँ) ६ महीनामित्र र बाँकी रकम ४८ महीनापछि प्राप्त हुने आजियाटाले जानकारी दिएको छ । स्पेक्ट्रलाइटले एनसेलको शेयर खरीद गरेको घोषणा गर्न पाउनु खुशीको कुरा भएको उल्लेख गरेको छ । कम्पनी सञ्चालक सतिशलाल आचार्यले एनसेलको शेयर प्राप्तिका लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुशी रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा रहेको अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्ने बताएका छन् । आचार्य सिंगापुरमा बस्ने नेपाली मुलका नागरिक हुन् । यसअघि नै एनसेलमा सुनिभेरा क्यापिटल भेन्चर्सको २० प्रतिशत शेयर छ । आचार्य सुनिभेराका सञ्चालक हुन् । अब एनसेलको शतप्रतिशत शेयर आचार्यको भएको छ ।  आजियाटाले सन् २०१६ मा स्वीडिस कम्पनी टेलिया सोनेरासँग एनसेलको स्वामित्व किनेको थियो । त्यतिबेला एनसेलको मूल्यांकन करीब १ खर्ब ४३ अर्ब रुपैयाँ गरिएको थियो । एनसेलको लाइसेन्स अवधि सन् २०२९ मा सकिँदै छ । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच भएको सहमतिअनुसार सन् २०२९ सम्म एनसेलले पाउने लाभांश आजियाटाले नै पाउनेछ ।  एनसेलले गत आर्थिक वर्ष (आव) ३९ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्दा खुद नाफा ५ अर्ब १६ करोड रुपैयाँ थियो । सन् २०२३ मा उसले ३७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी (अपरिष्कृत) आम्दानी गरिसकेको छ । नाफा गरिरहेको कम्पनीलाई आजियाटाले एकाएक खरीद मूल्यभन्दा निकै थोरैमा विक्री गरेकाले अनेकौं प्रश्न उब्जिएको सरकारी अधिकारी र कर्पोरेट कानूनका जानकार कानून व्यवसायीले प्रतिक्रिया दिएका छन् । ‘कुनै पनि कम्पनीमा शेयर हस्तान्तरण हुनु नियमित र स्वस्थ प्रक्रिया हो,’ ठूला करदाता कार्यालयका एक अधिकारीले आर्थिक अभियानसँग भने, ‘तर, ठूलो रकममा खरीद गरिएको कम्पनी ७ वर्ष पुग्दा नपुग्दै निकै सस्तोमा त्यो पनि द्रुुत गतिमा विक्री हुनुले थुप्रै आंशका उब्जिएको र त्यस्ता आंशकाबारे अनुसन्धान हुँदै जालान् र रहस्य खुल्लान् ।’ विद्यमान र भविष्यमा एनसेलसँग सरकारले कुनै कर दाबी गर्‍यो भने त्यो खरीदकर्ता स्पेक्ट्रलाइट यूकेले बेहोर्ने सम्झौता भएको आजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  कर्पोरेट कानूनका जानकार एक अधिवक्ताले भने यसअघि एनसेललाई दोहोरो कर लगाइएका कारण तथा सन् २०२९ सम्म कम्पनीको लाइसेन्सको अवधि सकिने अवस्थाको जोखिमलाई ध्यान दिएर आजियाटाले बाहिरिने निर्णय गरेको हुनसक्ने तर्क गरे । आजियाटाले सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र त्यसका लागि ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको दाबी गरेको छ ।  आजियाटाले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर खरीद गर्दा हालससम्म पूँजीगत लाभकरबापत ४७ अर्ब रुपैयाँ तिरिसकेको दाबी गरेको छ । नेपालको कानूनबमोजिम थप कर तिर्न बाँकी नरहेको उसको दाबी छ । तर, ठूला करदाता कार्यालयले थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेको छ । यसमा चित्त नबुझाएपछि एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । त्यसको फैसला हुन बाँकी छ । यो लेनदेनले आजियाटालाई जिम्मेवार ढंगले नेपालबाट बाहिरिन अनुमति दिएको आजियाटा समूहका अध्यक्ष शहरिल रिड्जा रिड्जुआनले बताएका छन् । एनसेलले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो योगदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गत आवसम्म एनसेलले कुल २ अर्ब ८३ करोड रुपैयाँ कर तिरेको बताइएको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित सामग्री

वाग्मती नदी उपयोगमा तीन पालिकाबीच विवाद

रौतहट र सर्लाहीको सीमानदी वाग्मतीको उपयोगको विषयलाई लिएर दुवै जिल्लाका तीन पालिकाबीच विवाद देखिएको छ। रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिका तथा सर्लाहीको बरहथवा नगरपालिकाबीच वाग्मती नदीको बालुवा, ढुंगा उत्खननको विषयमा विवाद देखिएको हो। विवाद समाधा...

जसपाभित्र फेरि सुरु भयो विवाद

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद ब्युँतिएको छ । स्थानीय चुनावसम्मका लागि थाती राखिएको विवाद फेरि बाहिर आएको हो । पार्टीभित्रका विवाद मिलाउन असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो तर त्यो अधिवेशन हुने कि नहुने भन्नेमै अन्योल देखेपछि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।जसपाको अन्तरिम विधानमा दुई जना अध्यक्ष रहने प्रावधान राखिएको छ । विधान अनुसार दुई जना अध्यक्ष राख्नु पर्‍यो या यसलाई संशोधन गर्नुपर्‍यो भनेर आवाज उठेपछि

पोखराको मतगणनामा विवाद

पोखरा महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर एकको मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गनिन लागेको हो ।उता वडा नम्बर २ को मतगणनामा पनि विवाद भएको छ । सदर/बदरबारे विवाद हुँदा दुई नम्बर वडाको मतगणना रोकिएको छ ।

मोरङको लेटाङमा विवाद, सुकुम्बासी परिचयपत्रले विवाद

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ । सुकुम्बासी परिचयपत्र भएकाहरुको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो । मोरङका एसपी शान्तिराज कोइरालाले दुई पक्षीबीच भएको विवाद अहिले समाधान गरेर मतदान सुचारु गरिएको बताए ।लेटाङ ४ स्थित शान्ति भगवती मावि केन्द्रमा सो विवाद भएको हो। सुकुम्बासीको परिचय पत्र ल्याएका केही व्यक्तिले मनपरी रुपमा मत हाल्न खाजेपछि विवाद उत्पन्न भएको थियो ।

एनआरएनएको सबै विवाद सल्टियो

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको सबै विवाद सल्टिएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षबीच पनि सहमति भएपछि सबै विवाद समाधान भएको हो । सहमतिअनुसार मंगलबार शेष घलेले काठमाडौंस्थित होटेल याक...

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको […]

काँग्रेसमा क्रियाशील विवाद सकियो

नेपाली काँग्रेसमा क्रियाशील विवाद सकिएको छ । मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै काँग्रेसमा क्रियाशील विवाद सकिएको हो । क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोड्ने तयारी गरेका छन् । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ ।आगामी कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुव

एमालेमा फेरि विवाद चर्किँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ

कांग्रेसले टुंग्यायो १० जिल्लाको क्रियाशील सदस्यता विवाद,१० जिल्लामा विवाद कायमै

नेपाली कांग्रेसले १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुग्याएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विवाद रहेका २० मध्ये १० जिल्लाको विवाद समाधान गरेर सदस्यता प्रिन्ट गरिसकिएको छ। यसरी विवाद टुंगिएका...

एमाले विवाद: होला एकता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि अब के हुने भन्ने विषयमा धेरैमा विभिन्न अनुमान र आशंका रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता र चासो आमनेताकार्यकर्तामा रहेको देखिन्छ । ओली र नेपाल दुवै समूहको […] The post एमाले विवाद: होला एकता ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.