काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्। यसरी संविधानअनुसार हुने चुनाव आगामी वैशाखकै लागि तोकिए पनि आफ्नो पार्टी भिड्न तयार रहेको उनले बताए।पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनतामा जाने कुरालाई सहज ठानेका छौँ। चुनावलाई लिएर अरू आत्तिएका होलान्। तर, हामी आत्तिएको छैनौँ। वैशाख, जेठ, असार अथवा असोजमै भएपनि सामाना गर्न तयार छौँ। अहिले गठबन्धन टुटाउन मात्रै भ्रम फैलाइएक