प्रदेश २ मा सवारी दुर्घटनामा परी १० दिनको अवधिमा १४ जनाको मृत्यु

११ असोज, जनकपुरधाम । पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा […]

सम्बन्धित सामग्री

पाँच जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं : पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।सिरहा, कल्याणपुर नगरपालिका-१० प्रचिलवास्थित सडकमा प्रदेश २-०१-००१ त १३२५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बिश्वासी शर्माकी छोरी ८ वर्षीया रागनी कुमारी शर्माको बुधबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घम्भीर घाइते भएकी उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।कैलाली, गोदावर

सवारी दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

विराटनगर– विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । कारको ठक्करले उछिट्टिएको […]

सप्तरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । सप्तरीमा हिजो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । खडक नगरपालिका–४, अमहामा सोमबार बेलुका करिब ७ बजे बसलाई ओभरटेक गर्ने क्रममा स११प ४०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०१ ००१ प ९५५६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा...

प्रदेश २ मा गत वर्ष ३९८३ वटा सवारी दुर्घटना : ५२३ जनाको मृत्यु, ६ हजार जना घाइते

वीरगंज : प्रदेश २ मा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ५२३ जनाको मत्यु भएको छ। पर्सादेखि सप्तरीसम्म ८ जिल्लामा ३ हजार ९८३ वटा सवारी दुर्घटना भएका छन्। गत आवको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य…

प्रदेश २ मा गएकाे आर्थिक वर्षमा भएका दुर्घटनामा ५२३ जनाकाे मृत्यु

आर्थिक वर्ष ०७७/०७८ मा भएको विभिन्न सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको बिभिन्न स्थानमा ३९८३ सवारी दुर्घटना हुँदा ५२३ जनाले ज्यान गुमाएका प्रदेश २ का ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनुभयो । प्रदेश २ मा एक वर्षको अन्तरालमा भएको सो दुर्घटनाबाट ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिका रहेको उहाँले बताउनुभयो । सो घटनामा परी छ हजार ४ जना घाईते भएका छन् । उनीहरुमा ४ हजार २६८ पुरुष, ८७३

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व, बढी भाडा असुल्ने सवारीमाथि कारवाही तीव्र

साउन ६, वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।  गत आवमा सवारी नियम उललंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।  भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।  चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको पनि जैसवारले बताए ।  ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा टयाक्टर समातिएको श्रेष्ठले बताए ।  कारवाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।  ३ हजार ९८३ ओटा सवारी दुर्घटना : गत वर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारी साधन ती दुर्घटनामा परेका छन् ।  बढी भाडा असुल्नेलाई कारवाही : चालु आव २०७८/ ७९ को शुरूआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।  प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई जरीवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ ।

प्रदेश २ मा सवारी दुर्घटना ११ महिनामा ३६३ को मृत्यु - Naya Patrika

प्रदेश २ मा पछिल्लो ११ महिनामा भएका सवारी दुर्घटनामा तीन सय ६३ को मृत्यु भएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा प्रदेशमा ११ सय ३१ सवारी दुर्घटना भए । दुर्घटनामा सात...पूरा पढ्नुहोस् »