नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना छनौट भएका छन् । बुधबार नेकपा एमाले पार्टी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो । उता भीम रावल पक्षले भने मंगलबार भएको प्रतिनिधि छनौट अमान्य भएको भन्दै आज बुधबार महाधिवेशन प्रतिनिधिका लागि लम्कीस्थित मनोहरा होटलमा भेला बोलाएको छ । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य महादेव बजगाईंले महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम फैलाइएको हुँदा उक्त भ्रममा नपर्न