इजरायली फाइटर जेटद्वारा गाजापट्टीमा आक्रमण

इजरायलले गाजापट्टीमा आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। एक सातामा दोस्रोपटक गाजापट्टीमा आक्रमण भएको हो। रकेट इन्जिन भण्डारण गरिएर राखिएको स्थानमा आफ्नो फाइटर जेटले आक्रमण गरेको इजरायलले जनाएको छ। आक्रमणका कारण अल बुरेइज शरणार्थी शिविरमा रहेका कयौं घरहरु नष्ट भएका छन्। आक्रमणका कारण भएको क्षति बारे केही सार्वजनिक गरिएको छैन।…

सम्बन्धित सामग्री

इजरायली सेनाद्वारा सिरियाको होम्स शहरमा आक्रमण

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै ग

इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । गत अक्टोबर ७ मा गा

इजरायली सेनाले १३० सुरुङमा गर्‍यो आक्रमण, हमास लडाकु सुरुङभित्र के गर्दै छन् ?

इजरायली सेनाले स्थल आक्रमण सुरु गरेदेखि गाजा स्ट्रिपका १ सय ३० सुरुङ ध्वस्त पारिसकेको छ ।

हमासको शक्तिशाली आक्रमण रोक्न इजरायली गुप्तचर कसरी असफल भए ?

यति पर्याप्त संसाधन हुँदा पनि इजरायली गुप्तचरले हमासको आक्रमण पहिल्यै किन थाहा पाएनन् भनेर मैले सोध्दा इजरायली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन् ।

इजरायली सेनाद्वारा गाजामा आक्रमण

एजेन्सी । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ । यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । इजरायली सेनाका प्रवक्ताले मानव रहित हवाई आक्रमण इजरायल र गाजापट्टी बीचको सुरक्षा बारमा भएको हिंसात्मक आक्रमणको जवाफ भएको बताउनुभएको छ । प्यालेस्टाइनीहरुले झन्डै दुई सातादेखि सीमामा दैनिक रुपमा […]

शरणार्थी क्याम्पभित्र इजरायली सेनाले घुसेरै गर्‍यो घातक आक्रमण

इजरायलद्वारा नियन्त्रित वेस्ट ब्यांकको जेनिनस्थित शरणार्थी क्याम्पमा सोमबार बिहानै इजरायली सेनाहरूले आक्रमण गरेका छन् ।

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण

इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन् । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ । यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ । बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अले

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...