काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० सुरु भएपछिको ६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३१ जना कर्मचारी विदेश भ्रमणमा गएको पाइएको छ। अधिकांश कर्मचारी सभा/सम्मेलनमा सहभागी हुन विदेश गएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ती कर्मचारीले १७ देशमा कुल २४० दिनभन्दा बढी बिताएका छन्। कर्मचारीहरु सबैभन्दा बढी थाइल्याण्ड गएका छन्।स्वास्थ्य मन्त्रालयको १६ टोली उक्त समयमा थाइल्याण्ड गएको देखिन्छ।