नेपाल आर्मी भर्सेस श्रीलंका पुलिस : नेपाली प्रशिक्षक र कप्तान भन्छन्, 'तयारी राम्रो गरेका छौं, यो पहिलो खुड्किलो हो'

काठमाडौं : एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा भोलि त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको तयारीलाई लिएर आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम तयारी अवस्थामा रहेको बताए। 'क्लब लाइसेन्स पाएदेखि नै हामीले तयारी सुरु गरेका थियौं। कीर्गिस्तानसँग पनि खेलियो। भोलिको म्याचलाई लिएर राम्रो तयारी भएको छ,' प्रशिक्षक…