एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।...

सम्बन्धित सामग्री

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

निर्वाचन आयोगले फेसबुक, ट्वीटर, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क गर्ने

निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता कार्यान्वन गराउन र मिथ्या सूचना रोक्नका लागि सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने बताएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको जानकारी दिए । भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङ्टन डिसी, चीनको बेइजिङलाई अनुरोध गर्ने र त्यहाँ रहेका दूतावासले समन्वय गर्न परराष्ट्र मन्त्रालय मार्फत निर्देशन दिइएको प्र

स्थानीय तहसँग जोडिँदै परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दै छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरल रूपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहकार्य अघि बढाउन लागेको हो । विदेशमा अलपत्र परेकाको उद्धार, उपचार आवश्यक परेकाको उपचार, शव ल्याउने, क्षतिपूर्तिका लागि पहल गर्ने, मुद्दा लड्ने, खोजतलास गर्ने लगायत कन्सुलरसम्बन्धी सेवा ठीक ढंगले अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्न लागिएको विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिए । स्थानीय तहसँगको सहकार्यमा विदेशमा लाखौंको संख्यामा अध्ययन, रोजगारीलगायत विभिन्न पेशा व्यवसायमा रहेकालाई कुनै समस्या परेका खण्डमा रहेबसेकै ठाउँबाट निवेदन दिन सकिने सुविधाहित विभागले यही भदौ २५ गतेदेखि सेवा शुरू गर्दै छ । विभागले स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम गर्ने क्रममा काठमाडौंबाटै यो सेवा प्रारम्भ गर्नेछ । विदेशमा स्थानीय कानूनअनुसार आवश्यक कागजात तयार गरी प्रस्तुत गर्नुपर्ने भएकाले तयार गर्ने क्रममा कमजोरी र त्रुटि हुन नदिन सम्पर्क÷सञ्चार स्थापित गरी सहकार्य अत्यावश्यक भएको बताइएको छ । विदेशमा रहेका नेपालीलाई परेको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि हरेक स्थानीयवासीलाई अनलाइन प्रणालीमा जोड्ने तयारी भइरहेको भिागका महानिर्देशक वलीले स्पष्ट पारे । सूचना प्रविधिका आधारमा संयन्त्र विकास गरी स्थानीय निकायले विदेशमा समस्यामा परेका नागरिकका कागजातको प्रगति, अनुगमन र सेवामा ढिलाइ भएमा अनुरोध गरेर पठाउन सक्नेसहितको सेवा प्रदान हुनेछ । स्थानीय सरकारले विवाह, जन्मदर्ता, नाता प्रमाणित लगायत सबै कागजात जारी गर्ने र कन्सुलर विभागका कुनै पनि शाखा, एकाइ स्थानीय तहमा नरहेकाले सहकार्यको आवश्यकता खड्किएको हो । कोरोना र बजेटलगायत कारण एकैसाथ ७५३ स्थानीय तहमा पुग्न कठिन भएकाले अर्काे वर्ष सबै तहमा पुग्ने लक्ष्य बनाइएको विभागले बताएको छ । यस वर्ष भने सबैभन्दा धेरै विदेश जाने जिल्ला र स्थानीय तह पहिचान गरिएका पालिकासँग सहकार्य गर्ने योजना विभागले बनाएको छ । कानूनी र संरचनागत हिसाबमा केन्द्रीय तहबाट स्थानीय तहमा जान लागेकाले सहकार्यसम्बन्धी कार्यक्रमलाई संगठनात्मक संरचनाले निर्देशन र नियन्त्रण नगर्ने भए पनि जनतालाई घरदैलामै प्रविधिका माध्यमबाट सेवा पु¥याउने काम स्थानीय तहले सकारात्मक रूपमा ग्रहण गर्ने विभागले विश्वास लिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पञ्जीकरण विभागको संयन्त्रसँगै सहकार्य गर्ने भएकाले सहज हुने अपेक्षा गरिएको विभागले बताएको छ । भौतिक सुविधा उपलब्धता, इन्टरनेट, विद्युत्, जनशक्ति, ग्रहण गर्नेजस्ता केही चुनौती आउन सक्ने आकलन गरिएको छ । काठमाडौंसम्मका काम स्थानीय तहबाटै होस् भन्ने जनचाहना र संघीयताको मर्म एवं भावनानुरूप सहकार्यसम्बन्धी कार्यक्रमले ठूलो सहयोग पु¥याउने हुँदा सक्रिय सहभागी भई सहयोग गरिदिन विभागले सबै स्थानीय तहसँग आह्वान गरेको छ । कन्सुलर सेवा विभागले जनतासँग प्रत्यक्ष रूपमा जोडिएका र विदेशमा जाने नेपालीले विभिन्न प्रयोजनका लागि प्रमाणित गर्नुपर्ने आवश्यक कागजात अनलाइन प्रमाणीकरण भने यसअघि नै शुरू भइसकेको छ ।   विभागले प्रमाणीकरण गर्नेगरी शुरू गरिएको अनलाइन सेवा कुनै पनि नेपाली नागरिक विदेश जान नेपालमा रहँदा आपराधिक गतिविधिमा संलग्न नभएको प्रहरीले दिने प्रतिवेदनको कन्सुलर प्रमाणीकरण हो । अहिले धेरै संख्यामा प्रमाणीकरणको काम आएकाले प्रहरी प्रतिवेदनबाट काम शुरू गरिएको विभागले बताएको छ । रासस

अब राहदानी संग्रहालय बनाइने, पुराना राहदानीको खोजी गरिँदै

काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले‘राहदानी संग्रहालय’ स्थापना गर्ने भएको छ। विभागले संग्रहालयमा राख्न पुराना तथा ऐतिहासिक राहदानीहरु एवम् राहदानी सम्बन्धी दस्तावेज, लेख र रचनाहरु संकलन गर्ने कार्य सुरु गरेको छ। विभागले इच्छुक सर्वसाधरणलाई आफू वा आफ्नो घर परिवारसँग रहेको संग्रहणीय राहदानी, विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात उपलब्ध गराउन समेत अनुरोध गरेको छ।

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

कांग्रेस सांसद अमरेश सिंहले मागे प्रधानमन्त्रीको राजीनामा

गृह मन्त्रालयले लेनिन विष्टलाई विदेश जान रोकेको विषयमा सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। तर, उनले विष्टको नाम भने लिएनन्। ‘राहदानी बाहकलाई रोकटोक नगरी जान दिन अनुरोध गर्दछ। साथै, मद्दत गरिदिन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ लेखिएको छ’, सिंहले भने, ‘एउटा मन्त्रालयले बेरोकटोक जान दिनुपर्छ भन्छ। गृहले रोक्छ कारण देखाउँछ – सरकारी अनुमति नभएको। के हरेक व्यक्तिले अनुमति लिनुपर्छ।’

फरार अभियुक्तको राहदानी रद्द गरिने

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। यो खबर मातृका दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्। अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो। बैंकिङ कसूर, वन्यजन्तु…

कोसीमा पानीको बहाव बढ्यो, ब्यारेजका थप ढोका खोल्न भारतसँग अनुरोध

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएको छ। वर्षा रोकिएन र यही स्तरमा पानीको बहाव बढिरहेमा समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेको छ। हालसम्म ‘ओभरफ्लो’ भइनसकेको भएपनि जोखिम बढ्दै गएको भन्दै परराष्ट्र मन्त्रालय मार्फत् ब्यारेजका थप ढोका खोल्न भारतसँग अनुरोध गरिएको गृहमन्त्री जनार्दन शर्माले बताएका…