कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

कुटपिट मुद्दाका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले आज बिहान गुलरिया–११ मा लुकीछिपी बसिरहेको अवस्थामा ३८ वर्षीय कलीम साईलाई पक्राउ गरेको हो ।  साईलाई बर्दिया जिल्ला अदालतको २०६६ असार ७ गतेको आदेशले कुटपिट मुद्दामा ६ महिना कैद र २ हजार जरिवाना तोकेको थियो ।  प्रहरीका अनुसार उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ । 

सम्बन्धित सामग्री

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।

वीरगञ्जबाट १७ जना फरार अभियुक्त पक्राउ

१ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एकै दिन १७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न १८ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका १७ जना १७ जना अभियुक्तहरु पक्राउ परेका हुन् । कुटपिट सम्बन्धि ७, जालसाजी सम्बन्धि ६, लकडी चोरी सम्बन्धी ३ र चेक अनादर मुद्दाका २ वटा गरी १८ […]

कपिलवस्तुमा एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ

कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र  जिल्लाभर विभिन्न अपराधमा संलग्न  ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा  विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई  जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो।कपिलवस्तु जिल्ला प्रहरी प्रमुख  एसपी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि ‘फ्यापु ’ नामक अभियान चलाएपछि

बारामा तीन जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना र ठगी मुद्दाका एक जना गरी तीन जनालाई पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षदेखि पक्राउ :: Pahilopost.com

ताप्लेजुङः कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन्। विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए। सोही समयमा उनीविरुद्ध

एकै दिनमा दश फरार अभियुक्त पक्राउ

सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् । कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी,…