भरतपुरमा मतगणना सुरु, १२ मत गन्दा ४ बदर

चितवन – पालिका चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।  भरतपुरकाे सुरुवाती गणनामा १२ मत गन्दा नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएकाे छ । चार मत भने बदर भएकाे छ । ...

सम्बन्धित सामग्री

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।...

सल्यानमा मतगणना सुरु

सल्यान  : सल्यानमा मतगणना सुरु भएको छ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन

दाङ २ मा मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, […]

सुर्खेत-२ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले  साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरेर मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक […]

मध्यविन्दुको मतगणना सुरु

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने शनिबार साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए । पन्ध्र वटा व

वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु

पर्सा – पर्साकाे वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु भएकाे छ । वीरगञ्जमा केहीबेरअघि मतगणना सुरु भएकाे हाे ।  अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना सुरु भएकाे हाे । बिस्तरै अन्य वडाकाे सुरु गर्ने तयारी छ ।

ललितपुर महानगरकाे मतगणना सुरु

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो । अहिले ललितपुर महानगरकाे वडा नम्बर १ बाट मतगणना सुरु भएकाे हाे । अब बिस्तारै अन्य वडाको पनि मतगणना हुनेछ ।

घोराही उपमहानगरमा मतगणना सुरु

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। केहीबेर अघि देखि मतगणना सुरु गरिएको हो।

रोल्पामा मतगणना सुरु

रोल्पाका ८ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। अधिकांश पालिकामा राति देखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानै देखि सुरु भएको हो।...

काभ्रेमा केही पालिकामा मतगणना सुरु

शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।...