रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम विपक्षी दलले साङ्केतिक रूपमा बहिष्कार गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिरहनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका प्रमुख सचेतक र केही सांसद मात्रै प्रदेश सभाको बैठकमा उपस्थित छन् ।
संविधानको धारा १६८ को १ अनुसार अल्पमतमा रहनुभएका शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा असन्तुष्ट बनेका विपक्षी दलहरूले नीति तथा कार्यक्रम ...