महन्थ पक्षको त्यो निर्णय, जसले जसपामा एकताको भाव जगायो

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा जनता समाजवादी पार्टी जसपाका विभाजित दुवै समूह एकै ठाउँमा उभिए। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीचको सहमति अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको प्रक्रिया अघि बढाइरहेको बेलामा देउवाको विश्वासको मतको पक्षमा भएका भएका हुन्। अध्यक्ष यादव पक्ष यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पक्षमा थिए। तर, अर्का अध्यक्ष ठाकुर समूह पार्टी नै विभाजन गरेर ओली