काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राजनीतिक क्यालेन्डरमा करिब तीन वर्ष गायब छ । २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७७ फागुन २३ सम्म दुवै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नामबाट क्रियाशील रहे ।यसबीचमा एमाले पक्षले मदन भण्डारी फाउन्डेसन लगायतका संस्थामार्फत वैचारिक, राजनीतिक गतिविधि सञ्चालन गरिरह्यो । तर, माओवादी केन्द्रले भने आफ्ना कार्यकर्ताका लागि त्यस प्रकारका कुनै राजनीतिक संस्था वा मञ्च आवश्यक देखेन ।सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र ने