प्रदेश ७ : ‘हेभिवेट’ बीच रोचक प्रतिस्पर्धा

प्रदेश नम्बर ७ का केही निर्वाचन क्षेत्रमा हुने रोचक प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, एनपी साउद, ईश्वरी न्यौपाने, रामजनम चौधरी, वीरबहादुर बलायर तथा एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्ट प्रदेश ७ का निर्वाचन क्षेत्रमा मैदानमा छन् ।