प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो ।देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौँ भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन