थप पाँच हजार क्विन्टल धान खरीद गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार...

सम्बन्धित सामग्री

आरजु राइस मिलले धानको मूल्य तोक्यो

विराटनगर । बेलबारी–९ मा रहेको आरजु राइस मिलले राम धान प्रतिकिलो ३२ रुपैयाँमा किसानसँग खरीद गर्ने भएको छ । मिलले मोरङ, सुनसरी र झापामा उत्पादित धान खरीद गर्ने उद्देश्यले आइतवारमा एक कार्यक्रम गरी न्यूनतम मूल्य सार्वजनिक गरेको हो । मूल्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रदेशका कृषिमन्त्री भक्तिप्रसाद सिटौला, कृषिसचिव, विभागका निर्देशकहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिक परियोजनालगायत कार्यालयका प्रमुख तथा कृषि सहकारीका प्रतिनिधि सहभागी थिए । नेपाल कृषि केयरद्वारा सञ्चालित सो मिलले सरकारका प्रतिनिधिसमेत बोलाएर आगामी असारमा रोपेर मङ्सिरमा भिœयाउने धानको मूल्य तोकेपछि किसान खुशी भएका छन् । सो मिल बुद्ध एयरले नाफा नकमाउने बरु किसानलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको हो । मिलका कार्यकारी अध्यक्ष तथा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले मूल्य सार्वजनिक गरेका हुन् । राम जातको धान गतवर्ष मिलले ३० रुपैयाँ प्रतिकिलोका दरले १२ सय टन किनेको थियो । यस वर्ष १३ हजार टन किन्ने लक्ष्य रहेको बस्नेतले जानकारी दिए । उनका अनुसार गतवर्षको धान चामल बनाएर राखिएको छ । उक्त चामल यस वर्ष काठमाडौंमा विक्री गर्ने योजना छ । मिलले किसानलाई सस्तोमा बीउ उपलब्ध गराउनुका साथै धान भिœयाउन कृषि औजार सहयोग गर्छ । मिलले चैतमा रोप्ने धानको पनि दुई महीनाअघि नै न्यूनतम मूल्य तोकेको थियो । मिलको सहयोगमा चैतमा आठ सय बिगाहामा किसानले राम धान लगाएका छन् । ‘आगामी वर्षका लागि साढे तीन हजार बिगाहाको धान चाहिएको छ,’ बस्नेतले भने । किसानसँग धान खरीद गर्दा पनि मिलले बजार मूल्यभन्दा बढी रकम दिने गरेको छ । बस्नेतका अनुसार २२ हजार टन क्षमताको मिल सानो भएकाले झापा, मोरङ वा सुनसरीमा ५०/५० हजार टन क्षमताका थप दुई मिल स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको छ । बजारको माग अनुसार राम धानको उत्पादन बढाउने र बढी चामल बजारमा लैजाने मिलको योजना छ । हाल सञ्चालनमा रहेको मिल बस्नेत मात्रको लगानी भए पनि अब स्थापना हुने मिलमा किसानको पनि लगानी रहनेछ ।