बलिउड अभिनेता एवं निर्माता अमिताभ दयालको हृदयघातबाट ५१ वर्षको उमेरमा निधन भएको छ। स्वास्थमा समस्या देखिएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएका उनको पछिल्लो १३ दिनदेखि उपचार चलिरहेको थियो। बुधबार बिहान साढे चार बजे हृदयघात भएपछि उनको अस्पतालमै निधन भएको अमर उजालामा प्रकाशित समाचारमा उल्लेख छ। तीन दिनअघि मात्र अमिताभले सामाजिक सञ्जाल इन्स्टाग्राममा अस्पतालको शय्याबाट एक […]