स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
गएकाे मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन ।
यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर...