काठमाण्डाै – नेपालले साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनशिप फुटबलका लागि टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टोलीको घोषणा गरिएको हो ।
भारतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्न...