दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा  मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ । कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो । प्रधानमन्त्री देउवाले ...

दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुबै बदनियतपूर्ण– केपी ओली

राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत दल विभाजन सम्बन्धी अध्यादेश खारेज गराएको भोलिपल्ट आफूलाई भेट्न पुगेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीले यस्तो सन्देश पठाउनुभएको हो ।

खगेन्द्र संग्रौलाको टिप्पणी अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो !

काठमाडौं, १२ असोज । विश्लेषक खगेन्द्र संग्रोलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको टिप्पणी गरेका छन् ।उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सामाजिक सञ्जाल टिव्टरमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् । पहिले दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइएको भन्दै अहिले त्यही २० प्रतिशतले पार्टी फुट्लान् भन्ने डरले दल विभाजन सम्बन्धी अध्यादेश […]

आज मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले मंगलबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टी बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो । सरकारले केही […]

अध्यादेश र मन्त्रीबारे छलफल गर्न बालुवाटारमा बैठक

मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ ।आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस

गठबन्धनका नेताले कानुनविदसँग छलफल गर्दै, अध्यादेश खारेजपछि मन्त्रीको शपथ

काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्न लागेका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए । गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो । अध्यादेश खारेज...

अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुन्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।...

पहिले दल विभाजन अध्यादेश खारेज, त्यसपछि सरकार विस्तार : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका हुन् ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेजपछि सरकार विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका छन्। दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति...

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् ।