बदामको ब्यापारदेखि रुखबाटै रमिता : दरबारमार्गमा देखिएको शत्ताको शक्ति प्रदर्शनका दृष्य

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शक्ति प्रदर्शन दरवारमार्गमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शनमा विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरु बोलाइएको छ। महेन्द्रको सालिकबाट नारायणहिटीतर्फको क्षेत्र मानिसहरुले भरिएको छ। अझ त्यसक्षेत्रका रुखहरुमा चढेर पनि मानिसहरु भाषण हेरिरहेका छन्। बाजागाजा बजाएर विभिन्न कलेजका विद्यार्थी संगठन, विभिन्न जिल्लाका कार्यकर्ताहरु त्यहाँ मिसिएका…

सम्बन्धित सामग्री

संसदको रमिता र निरीहता

राज्यका गुरुत्तर दायित्व निर्वाह गर्ने संस्थाहरूको निरीहता र रमिता सधैंभर हेर्न र खप्न सकिन्न । यसतर्फ सरोकारवालाको ध्यान जान अब विलम्ब नगर्ने कि ?

बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई गोकुल बाँस्कोटाको व्यंग्य

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष पाेख्नु भएकाे छ । त्यस्तृ उहाँले सामाजिक सञ्जालमार्फत् नै प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई व्यंग्य गर्नुभएकाे छ । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘बालुवाटारमा रमिता […]

बालुवाटारमा रमिता छ-गोकुल बाँस्कोटा

काठमाडौं, १३ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमित रहेको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्-” वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न […]

बैतडीमा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए केशव र रमिता

केशव र रमिता घर नजिकै रहेको चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

‘एमसीसीमा हामी पनि रमिता हेर्ने नै भयौं’

१९ माघ, काठमाडौं । सरकारमा हुँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गर्न जोडबल गरेको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साधिरहेको छ । एमाले उपमहासचिव विष्णु रिमालकै शब्दमा भन्ने हो भने सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीमा रमिता देखाइरहेका छन्, एमाले पनि रमिता हेर्ने मूडमा छ । भन्छन्, ‘उहाँहरुले रमिता देखाइरहनुभएको छ भने […]

गठबन्धनका नेताहरू रमिता हेरिरहेका छन्ः कांग्रेस नेता भण्डारी

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका नेताहरु रमिता हेरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कनुभन्दा पहिले नै न्यायाधीशहरुले यसको निकास निकाल्नुपर्ने बताए । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भण्डारीले भने, “सर्वोच्च अदालतको विवादबाट […]

काँग्रेसको मुख्यालय, जहाँ रमिता छ !

सिंहदरबार र बालुवाटारको साँचो अहिले नेपाली काँग्रेसका हातमा छ । तर, सानेपास्थित काँग्रेस मुख्यालयको दृश्य भने सत्तारुढ दलको कार्यालयजस्तो नभएर आन्दोलनकारीको अखडाजस्तै बनेको छ । बुधबार रातोपाटीको टिम नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पुग्दा त्यहाँ रमिता देखियो ।क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण केही दिनयता काँग्रेस कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा अनशन बस्दै आएका थिए । अनशनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसमेत सहभागी थिए । मंगलबार मात्रै काँग्रेस नेता

बालुवाटारमा सधैं रमिता छ !

उहिले इन्द्रबहादुर राईले लेखेथे– आज रमिता छ । तर अहिले बालुवाटारमा त सधैं रमिता छ । उहिले ‘जसको तरबार उसैको दरबार’ भन्थे । तरबारवाजमध्ये सबैभन्दा तेज राजा वा मन्त्री हुन्थ्यो र ऊभन्दा कम तेजहरू भारदार बन्थे र भारदारका पनि आफ्नै भारदार हुन्थे । उहिलेका भारदार र अहिलेका सरदार अर्थात् नेतामा खास फरक छैन । उहिले सत्ता पाउन तरबार चलाउने भारदारहरू जम्मा गर्नुपर्थ्यो, अहिले एकातिर तर मार्नेहरू र अर्काेतिर नारा लगाउने भाडाका मान्छेहरू जम्मा गर्न सक्नुपर्छ । अँ, अर्को पनि फरक छ उहिलेको र अहिलेको । उहिले कोतमा भारदार जम्मा हुन्थे, काटाकाट गर्थे, जित्नेले पगडी पाउँथ्यो र हार्नेहरू यमलोक पुग्थे । अहिलेका राजा र मन्त्रीले आफै लड्नु पर्दैन, लड्ने भिन्दै जत्था तयार छ । देख्नुभएन सधैं भिड्न तयार भारदारहरूको भीड ? पहिले स्याल र हनुमानका कथा लेखिन्थे, अहिले प्रत्यक्ष देखिन्छ । बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । उहिले भारदारबीच ‘जिरो सम गेम’ हुन्थ्यो । अर्थात् जित्नेले सबै पाउने, हार्नेले सबै गुमाउने । तर अचेल त्यस्तो छैन । जित्नले पनि हार्नेको भाग राखिदिएकै हुन्छ, ठेक्कापट्टामा जस्तै । एउटा ठालुलाई ज्वरो आयो भने अर्को ठालुलाई रातभर निद्रा लाग्दैन । झापाली काकाले आफूलाई दिनरात गाली गर्ने इलामे काकालाई कहिले दबाइदारुका लागि खर्च बेहोरेको त कहिले सर्प पाल्न करोडौं खर्च दिएको त देख्नु नै भएको होला नि । बूढानीलकण्ठका खास मान्छेलाई बालुवाटारले राजदूत बनाएको पनि थाहा नपाउने कोे छ र ? बाहिर मारामार गरे पनि भित्र त चाटाचाट पो गर्छन् त । हो, उहिले साँच्चै भिड्थे, अहिले भिडेजस्तो मात्र गर्छन् । पहिले गोलीले भिड्थे, अहिले गालीले भिड्छन् । तर भेडाहरू भने साँच्चिकै ठानेर भिड्न थाल्छन् अनि आपसमा पानी बाराबार गर्छन् । बोलचाल बन्द गर्छन् । तर माथिकाहरू भने भित्र बसेर मिलिजुली खाइरहेका हुन्छन् । उहिले हार्नेले कि त देश, नभए पनि उपत्यका त छाड्नैपथ्र्यो । अहिले त ‘त्यो पर्दैन’ । हार्ने र जित्नेले यही उपत्यकामा बसी बसी मोज गर्ने हो । हार्नेले पनि जित्नेलाई तुरुन्त बधाई दिन्छन् । तपाईं भन्नुहोला क्या संस्कारवान् रहेछन् । तर त्यस्तो होइन नि । यो बधाई दिने भनेको त मेरो भाग पनि सुरक्षित राखीदिनू है भनेको हो । ‘भागशान्ति जय नेपाल !’ भन्ने उखान त्यसै जन्मेको हैन नि । पछिल्लो लडाइँमा त्यस्तो भएनछ । यो चाहिँ गडबडीको संकेत हो । यसै हप्ता बालुवाटारमा केही मानिस छिरेका छन् । बालुवाटारमा नयाँ मान्छे आएपछि के के न चमत्कार हुने भो भनेर केही मानिस दुई दिन मच्चिन्छन्, अनि थच्चिन्छन् । तर बालुवाटारमा नयाँ मान्छे कहिले आएको छ र भन्या ? चन्दा दिने उही, ठेक्कामा पट्टाउने उही, कमिसनको घेरो उही हुन्छ । रमाउने उही, कमाउने उही, अनि जमाउने पनि उही । अनि कसरी नयाँ मान्नु ? यो पुरानो बोत्तलमा रक्सी फेरेजस्तो मात्रै त हो नि । अहिले जो आएका छन्, ती तीन वर्षअघि बालुवाटारमै थिए । त्यसअघि पनि कतिपटक त्यहीँ थिए । जो निस्किए ती पनि पाँच वर्षअघि त्यहीँ थिए, सात वर्षअघि पनि त्यहीँ थिए । उनीहरूका लागि बालुवाटार आलोपालो मात्र हो । कहिले दक्षिण त कहिले उत्तर फर्किने यिनको रामरमिता पनि पुरानै हो । हो, हिजो बा थिए आज दाइ आए । ‘हाम्रा दाइ आए’ भनेर अब त दाइँ गर्ने पालो हाम्रै हो भनेर भारदारहरू बेस्सरी उफ्रेका छन् । यसबीचमा केहीले प्रसाद पाउलान् पनि । तर धेरैका लागि त यो फुरफुरी केही दिनको मात्र हो । बाका भित्रिया र दाइका भित्रिया एकै भएको थाहा पाएपछि ती दाइका भैयादहरू आफू करिया मात्र भएको पनि चाल पाउँछन् । अन्तिममा कथाकी सतीलाई दोष लगाएर राम्रा मान्छेको यहाँ कदरै हुँदो रहेनछ भनेर गन्थन र मन्थन गर्न थाल्छन् ।    अहिले त बालाई ढालेर दाइ ल्याएँ भनी खुशी हुनेका घरमा पनि दशैं छ । उहिले भक्त प्रह्लादले बाउलाई र विभीषणले आफ्नै दाइ रावणलाई सिध्याएर आफै राजा भाथे रे भन्ने कथामा पढेको हो । तर यहाँ त आफ्नै घरमा आगो लगाएर खरानी खोज्ने पनि देखिए ! बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति । सुराही र बाकस लिएर निस्कने सामन्तदेखि करोड पर्ने कारहरूको कारगेडमा निक्लने कामरेडसम्म । फरक समय, तर नियति उही, परिणति पनि उही ।    त्यसैले बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । नपढीकनै प्राध्यापक बनेका, विज्ञता र विद्वत्ता नै नभए पनि विद्वान् बनेकाहरूका लागि त बालुवाटार सधै चाँदी कटाइ गर्ने ठाउँ हो । बिचरा पढाउने प्राध्यापक त चक डस्टर र ब्ल्याकबोर्डमै मस्त छन् । पढेकाहरू त्यही नपढेका बालुवाटारे विद्वान्का प्रपोजल लेख्नमै व्यस्त छन् । बालुवाटार भनेको वास्तवमा चाँदीटार हो, सुनटार हो, हीराटार हो, मोतीटार हो । गच्छे अनुसार जसले जे काट्न सक्दछ, बालुवाटारमा त्यही पाइन्छ । त्यहाँभित्र छिरेर हे¥यो भने अहोरात्र कुनै कुनामा चाँदी कटाइ भइरहेको हुन्छ, कुनै कुनामा सुन कटाइ भइरहेको हुन्छ, कुनै कुनामा हीरा कटाइ भइरहेको हुन्छ र कुनै कुनामा मानिसहरू मोती बटुलिरहेका हुन्छन् । यस्तो गज्जबको ठाउँ छ त नेपालमा अन्त कतै ?   त्यसैले त भनेको बालुवाटारमा सधैं रमिता छ !