पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

सम्बन्धित सामग्री

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।  मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ ।

बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरू

सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

कार्डबिनै कोरोनाविरुद्धको खोप !

धनुषाको सबैला नगरपालिकामा कोरोनाविरुद्धको खोप वितरणमा लापरबाही देखिएको छ । सबैला नगरपालिका वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्ड नै नदिई स्थानीयलाई खोप लगाएको पाइएको हो ।स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले पछिल्लो चरणमा मात्रै साढे तीन सयभन्दा बढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको भनि लेखेर दिने गरिएको बताइन् । उनले भनिन्, ‘हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौँ, पछि कार्ड बनाइदिने भनेका छौँ ।’तर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जयकु

ओखलढुंगामा १६ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिने तयारी

ओखलढुंगामा १६ हजार भन्दा बढि नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा दुई चरण गरेर भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाइने भएको हो ।  जिल्लामा पहिलो चरणमा साउन १७...

भोटखोला र मकालुका १० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै

संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ।

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो । पहिलो चरणमा कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत य...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोग

चार चरणमा खोप अभियान

कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ  । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।  पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जना), तेस्रो चरणमा ४०–४५ ...

कर्णालीमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

पंखबहादुर शाही सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।१० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ  । त्यसका लागि आइतबार स्वास्थ्य मन्त्रालयले खोेप पठाउने भएको छ । कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । \अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था ग