काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओले आज एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उहाँसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...