ओलीले संसदीय बोर्ड गठन गरेपछि माधव पक्ष सशंकित

काठमाडौं । नेकपा एमालेभित्रको विवाद चर्कंदै गएका बेला अध्यक्ष तथा संसदीय दलको नेता समेत रहेका केपी शर्मा ओलीले बिहीबार एकपक्षीय ढंगले एमाले संसदीय बोर्ड गठन गर्नुका साथै दलको विधान संशोधन गर्न तीन सदस्यीय कार्यदल समेत गठन गरे ।विधानको संशोधित मस्यौदा तयार पार्न गठन गरेको कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल छन् । कार्यदलले शनिबार बस्ने संसदीय दलको बैठकमा संशोधित विधानको मस्यौदा पेश गर्ने जनाइएको छ ।सामान्यतया, संसदीय दलको व