काँग्रेस नेता पौडेलका भाइको निधन, भन्छन्, ‘एक्लो महसुस गरिरहेको छु’

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ । नेता पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्ना माइला भाइ गोविन्दराजको निधन भएको जानकारी दिएका हुन् । पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । आफ्नो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनबाट आफूले एक्लो महसुस गरिरहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछि