नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ । विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ ।सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको रातोपाटीलाई जानकारी दिए । ‘बाहिर खबरहरु आएका छन्, तर विभाग ग