प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रकाे अवलोकन गर्न सुदूरपश्चिमतर्फ

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि सुदूरपश्चिम जानु भएको छ । बिहान सेनाको हेलिकप्टरमार्फत काठमाण्डौबाट सुर्खेत हुँदै उहाँ सुदूरपश्चिम जानु भएको हो । निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवाले दिपायलमा रहेको सैनिक ब्यारेकमा बिफ्रिङ लिनु हुनेछ । त्यसपछि उहाँले बझाङको थलारा र चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुर महेन्द्रनगरको अवलोकन गर्नुहुनेछ । उहाँले दोधारा–चाँदनी हुँदै कैलालीको धनगढीको पनि अवलोकन गर्ने तालिका छ । उहाँ भोलि काठमाण्डौ फर्कन...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रकाे अवलाेकन गर्न प्रदेश-१ जाँदै

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो तथा डुबानको अवस्था बुझ्न प्रदेश नम्बर १ जाँदै हुनुहुन्छ । उहाँले बाढी पहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरुमार्फत क्षतिको जानकारी लिने र प्रभावितहरुलाई भेट्ने कार्यक्रम छ ।   प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत सुनसरीको पकलीमा रहेको सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनी पुग्ने पकलीमा सुनसरी जिल्लामा भएको क्षति तथा नोक्सानीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका...

प्रधानमन्त्री देउवा आइतबार इलाम आउँदै

इलाम : प्रधानमन्त्री शेरबहादुर देउवा इलाम आउने भएका छन्। बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा कात्तिक ७ गते इलाम आउन लागेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। ‘प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ प्रजिअ खड्काले भने, ‘मौसमले साथ दिए गरेर

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने

काठमाडौँ -बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो (बिहीबार) सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् । बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका […]

सुदूरपश्चिममा प्रधानमन्त्री : बाढी-पहिरो पीडितलाई के के दिए आश्वासन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान ८ बजे प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर निरीक्षणका लागि निस्किएका थिए ।उनीहरूले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा, बैतडी र बझाङका बाढी–पहिरो प्रभावित क्षेत्रमा भएको क्षतिको बिफ रिङ र स्थलगत अवलोकन गर

प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन् । यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट […] The post प्रधानमन्त्री देउवाले गरे बझाङको पहिराे प्रभावित क्षेत्रको निरीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्। दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्। आइतवारबाट…

दिपायल पुगे देउवा

बाढी, पहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम यात्रामा रहेका देउवा दिपायल पुगेका छन् । दिपायलमा देउवाले बाढी, पहिरोले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिएका छन् । 'सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्ने क्रममा दिपायलमा बाढी र पहिरोले गरेको क्षतिका बारेमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा,' प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर ह्याण्डलमा तस्वीरसहित राखिएको छ ।

सुदूर पश्चिमका बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन गर्दै प्रम देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा लगातारको वर्षासँगै आएको बाढी–पहिरोले गरेको क्षतिको स्थलगत अवलोकनका लागि सुदूर पश्चिम गएका छन्। उनी बिहीबार बिहान काठमाडौँबाट सुर्खेत प्रस्थान गरेका हुन्। त्यहाँबाट उनी दिपायलमा रहेको सैनिक ब्यारेकमा जाने छन्। प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत गएको हो। निर्धारित कार्यतालिकाअनुसार दिपालयमा रहेको सैनिक ब्यारेकमा देउवाले ब्रिफिङ लिने छन्। त्यसपछि उनी स्थलगत अवलोकनका […]