माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् । मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदैछन् ।माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ । कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिट

सम्बन्धित सामग्री

जसपाका केन्दीय सदस्य र माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जसपाका केन्द्रीय सदस्य शंकर गौतम र माओवादी  रूपा गाउँपालिका अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । सोमबार पोखरामा आयोजित नेकपा एमालेको वृहत् कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी ओलीले दुवैलाई पार्टी प्रवेश गराएका हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष एमाले प्रवेश

१२ वैशाख, नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । क्षेत्रीय सभापति सुशील खड्का, पालिका कमिटी सचिव कृष्ण स्याङ्तान लगायत एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतले उनीहरुलाई पार्टी प्रवेश […]

माओवादीबाट निर्वाचित बेनीघाट राेराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

धादिङ – धादिङकाे बेनीघाट राेराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज साेमवार पार्टी प्रवेश गराउनुभएकाे हाे ।  नेकपा माओवादी केन्द्रकाे बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकाेटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएकाे बताउनुभयाे ।   अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्...

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गरेका छन् । उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जनता समाजवादी पार्टीबाट विजयी भएका आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी एमालेमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जनता समाजवादी पार्टीबाट विजयी भएका आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी एमालेमा प्रवेश गरेका छन्।...

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफा अन्सारी पनि जसपाका नेता हुन् । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।जसपाका अध्यक्ष उप

रुपन्देहीमा दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट‘राहुल’ र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव  नेकपा एमालेमा प्रवेश गरेका छन्  । यस्तै ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले प्रवेश गरेकी छन् । उनीहरूलाई आज एक समारोहका बीच  एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।केवट र हरिजन माओवादी केन्द्रबाट हुन् । भने यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जस

रूपन्देहीमा निर्वाचित २ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् । स्थानीय राजनीतिमा प्रभावशाली नेता कार्यकर्तासहित नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानी...