सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप, सबै परीक्षा सञ्चालन

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।   यसैबीच कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु...

सम्बन्धित सामग्री

राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले बिहीवारदेखि लागू हुने गरी उपत्यकाको निषेधाज्ञा थप गरेको हो । बैठकले यसअघिको निषेधाज्ञालाई निरन्तरता दिँदै रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले पसल तथा व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने र भीडभाडका क्षेत्र सञ्चालनमा प्रतिबन्ध लगाई निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार सबै प्रकारका सभा, गोष्ठी, पार्टी प्यालेस, जीम, डान्सबार, खेलकुद, क्लब, स्वीमिङ पुल, मनोरञ्जनका क्षेत्र आदि सञ्चालनमा रोक यथावत् राखिएको छ । धार्मिक स्थल पनि पुजारीले नित्यकर्म गर्न पाउने गरी मात्रै खुला गर्न पाउने निर्णय गरिएकोमा एउटा कोठामा २५ जनासम्म मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ । कोभिडको संक्रमण बढ्दै गएकोमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको बताउँदै प्रजिअ पराजुलीले मास्क नलगाउने र प्रतिबन्धित क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए । हाल बन्दाबन्दी खुलेसरह भए तापनि उपत्यकाका प्रजिअहरूले निषेधाज्ञालाई यथावत् रूपमा थप गरिरहेका छन् । स्वास्थ्यविद्ले भने यसलाई कर्मकाण्डी निषेधाज्ञा मात्रै भएकाले यसले संक्रमण नरोकिने बताएका छन् । राति ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउनुलाई कर्मकाण्डजस्तै भएको टिप्पणी गर्दै स्वास्थ्यविद् समीरमान दीक्षितले यो आपूmले महामारीका बेला केही गरेको देखाउनका लागि मात्रै गरेजस्तो भएको बताएका छन् । ‘अर्थतन्त्रदेखि सबै क्षेत्रलाई बन्दाबन्दीले नराम्रोसँग हिर्काएकाले अब निषेधाज्ञा विकल्प त होइन, गर्नु हुँदैन,’ उनले भने, ‘निषेधाज्ञाको निर्णय केही गरेको जस्तो देखाउनका लागि मात्रै भइरहेकोमा यसले संक्रमण रोक्दैन ।’ उनले बन्दाबन्दी खुकुलो बनाउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई खोप दिनु नै अबको विकल्प भएको बताए । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएकोमा अस्पतालहरू भरिन थालेका छन् । मंगलवार २४ घण्टाको अवधिमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएकोमा थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिडको नयाँ भेरियन्टबाट सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेरसमूह प्रभावित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलवार गरिएको परीक्षणका क्रममा मात्रै ३१ प्रतिशत संक्रमण यो उमेरसमूहका व्यक्तिमा देखिएको हो । हाल नेपालमा ३७ हजार ३३२ संक्रिय कोरोना संक्रमित रहेको जानकारी उनले दिए ।

चितवनमा फेरि १० दिन निषेधाज्ञा थपियो

साउन १४, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९  को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाइरससमेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।  प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई  कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ  साथै आदेशमा शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ । यस्तै लामोदुरीका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सीमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।  ऋव जिल्लामा सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गरिने भएको छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने पनि आदेशमा उल्लेख छ ।

उपत्यकामा निषेधाज्ञा अवधि १० दिन बढाइयो

साउन १०, काठमाडौं । काठमाडौं उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आइतवारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश सोमवार बिहान १ बजेदेखि लागू हुनेछ ।  आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ ।  यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।  औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।  व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौं प्रशासनले जानकारी दिएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  सिट क्षमता अनुसारको यात्रु राखेर यातायतका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनु पर्ने व्यवस्थालाई कायम गरिएको छ । लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नु पर्नेछ ।  गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदी उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ । उक्त आदेश पालना नगरेमा भने कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ । रासस

उपत्यकामा आजदेखि लागू हुने गरी १० दिन निषेधाज्ञा थप, पसल साँझ ७ बजेसम्म खुल्ने

साउन १, काठमाडौं । उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रवार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । आज (साउन १ गते) देखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो ।  आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रंगशाला, संग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमा समेत रोक लगाइएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट एवम् फाष्टफुड तथा अन्य अडरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत् राखिएको छ । अत्यावश्यक काम विशेषले काठमाडौं भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन । गोष्ठी सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यामबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । रासस

काठमाण्डाै उपत्यकामा बढीमा २५ जनासम्म राखेर परीक्षा चलाउन पाइने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने भएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले निषेधाज्ञा थप खुकुलाे पार्दै यस्ताे निर्णय गरेकाे हाे ।  यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डअनुसारको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ ।  एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछ...

पर्वतमा खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा थप

असार ७, पर्वत । पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा केहि खुकुलो बनाएर थप एक हप्ता लम्ब्याइएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतले सोमवार जारी गरेको सूचना अनुसार निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुनेछन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार सोमवार राति १२ बजेबाट लागू हुने गरि असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताईन् ।  प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । सार्वजनिक यातायात भने सञ्चालन नहुने भएका छन् ।   यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्विमिङ पुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । विद्यालयको पठनपाठन र भौतिक उपस्थितीमा हुने परीक्षा सञ्चालन गर्न नपाईने भएको छ ।  यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । सर्वासाधारणलाई अनावश्यक काम नपरि घर बाहिर ननिस्कन र अत्यावश्यक काम परेर निस्कनु परेमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न भनिएको छ ।  सरकारी कार्यालयहरु आलोपालो गरेर खुलाउने र कार्यालय परिषरमा साबुनपानीको व्यवस्था गर्न आदेशमा भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्न भनिएको छ । विवाह, व्रतबन्ध तथा अन्य संस्कार जन्य गतिविधी पार्टी प्यालेसमा नगर्न र त्यस्ता समारोहमा १० जना भन्दा बढि मानिस सहभागी नहुने प्रसासनको आदेशमा उल्लेख गरिएको छ ।  बैंक, वित्तिय संस्था, सहकारीहरु भने सञ्चालन हुने भएका छन् । सार्वजनिक निर्माण र व्याक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेबस्ने व्यवस्था गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरिएको छ ।