च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस पराजित, बोरुसिया डर्टमन्ड विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो । खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे । खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् । य...