जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बर्षात्का बेला जिल्लाका सबै स्थानीय तहमा बाढी पहिरोलगायत विपद्का घटना भएर जनधनको क्षति भएकाले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको हो ।