कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।