काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ। काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले…

सम्बन्धित सामग्री

काबुल विस्फोट : विमानस्थलछेउमै स्वदेश फर्कने पालो पर्खंदै ४० नेपाली

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल छेउमा बिहीबार साँझ भएको दुई विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।तालिवान अधिकारीले विस्फोटमा मारिनेमा बालबालिकासमेत रहेको जनाएको छ । घटनामा ६० जना घाइते छन् । तालिवानले सत्ता हातमा लिएपछि काबुलस्थित हामिद कारजाई विमानस्थल परिसरमा अफगानिस्तान छाड्न चाहनेको ठूलो भीड जम्मा भइरहेका बेला विस्फोट भएको हो ।

काबुल विस्फोट: १३ अमेरिकी सुरक्षाकर्मीसहित अहिलेसम्म ६० जना भन्दा धेरैको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ। विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ। अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए। हमलामा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान […]

काबुल विस्फोट : मृत्यु हुनेमा ६० जना अफगान नागरिक, १२ जना अमेरिकी सैनिक

पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा ६० जना अफगान नागरिकको मृत्यु भएको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ। सो विस्फोटमा कम्तिमा १२ जना अमेरिकी सैनिकको मृत्यु भएको एपीले उल्लेख गरेको छ। यो संख्या अझै बढ्न सक्ने बताइएको छ। अमेरिकी…

काबुल विस्फोट : मृत्यु हुनेको संख्या ६० नाघ्यो

शनिवार अफगानिस्तानको काबुलमा एक विद्यालय बाहिर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६० नाघेको छ। विद्यार्थीहरु विद्यालयबाट बाहिर आउने क्रममा गराइएको विस्फोटमा अधिकांश छात्राहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।   आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सुन्नी इस्लामिस्ट विद्रोहीले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको छ। अफगानिस्तान सरकारले तालिवान विद्रोहीमाथि…

काबुल विस्फोट: 'कम्तीमा ४० जनाको मृत्यु'

काबुलमा एउटा शिया सांस्कृतिक एवं धार्मिक केन्द्रमा भएको विस्फोटनमा कम्तीमा ४० जनाको मृत्यु भएको र कैयौं घाइते भएको अधिकारीहरुले बताएका छन्।