प्रदेश १ को राजनीति : एमालेले मुख्यमन्त्री परिवर्तन गर्न लागेपछि आजै प्रदेश प्रमुख फेरिने !

एमालेले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरेपछि संघीय सरकारले प्रदेश १ को प्रदेश प्रमुख तत्काल फेर्ने भएको छ । प्रदेश १ को विपक्षी गठबन्धनका नेताहरूले प्रदेश प्रमुख फेरिन लागेको दाबी गरेका छन् । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले दलको मान्यता पाएपछि सांसदहरूलाई नयाँ पार्टीमा जानबाट रोक्न मुख्यमन्त्री र मन्त्रीहरू फेरबदल गर्ने एमालेको तयारी छ । त्यसका लागि अहिले बिहान ११ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने अनि भीम आचार्यलाई चयन ...