भारतको जम्मु कश्मिरमा ५ सैनिक मारिए

काठमाडौं : भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिएका छन्। आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्। घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो।