शनिवारदेखि मौसममा सुधार आउने

भदौ ११, काठमाडौं । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिवारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।  देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।            देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।            मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।रासस

सम्बन्धित सामग्री

आजदेखि मौसममा सुधार

काठमाडौं : निरन्तरको झरीपछि मौसममा सुधार आउने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार मौसम केही खुल्ने र घाम लाग्ने जनाएको छ।मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मौसममा सुधार भई घाम लागेको छ । यद्यपि गण्डकीसहितका पहाडी भूभागका केही स्थानमा शुक्रबार पनि आशिंकदेखि सामान्य बदली रही सामान्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशसहितका केही भूभागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । आइतबारदेखि पुनः देशैभर मौसममा पूर्ण बदली हुन

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले

आज रातिदेखि मौसममा सुधार आउने

शनिबार रातिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशमा जारी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव शनिबारदेखि क्रमशः कमजोर हुँदै जाने भएको हो । शुक्रबार बिहानैदेखि परेको वर्षाका कारण देशका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।  अन्य प्रदेशमा आंशिक बदली रहनेछ।  यस्तै प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका ...

भोलिदेखि मौसममा सुधार आउने

पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी  दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू&n...

भोलिदेखि मौसममा सुधार हुने

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि मौसममा सुधार आउने जनाएको छ । पश्चिमी वायुको प्रभावले विहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आजदेखि मौसममा सुधार आउने

काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ। दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ। काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ। हिजो बिहानैदेखि देशका सबैज

मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

काठमाण्डाै - हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य...

मुलुकभरीको मौसममा सुधार

काठमाडौं, मंसिर ५। एक साता अघिबाट बिग्रिएको मौसम विस्तारै सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने अनुमान गरिएको छ । आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा हुने बताइएको छ।त्यस्तै, आज मुलुकका सबैजसो स्थानहरुमा घाम लाग्नेछ। प्रदेश १ का केही […]

आइतबारबाट मौसममा सुधार आउने

मौसमविद्हरूले आइतबारबाट मौसममा हल्का सुधार हुने अनुमान गरेका छन्। आइतबारसम्म देशभर सामान्य बदली र हल्का वर्षा जारी रहने उनीहरूको अनुमान छ।...

आजदेखि मौसममा  सुधार आउने

पछिल्ला तीन दिनको झरीपछि आइतबारबाट मनसुन केही कमजोर बनेको छ । सोमबार र मंगलबारबाट मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार नेपालको तराईकेन्द्रित...