नेपालगञ्जमा निजामति सेवा दिवसको अवसरमा रक्तदान

नेपालगञ्ज – नेपालगञ्जमा ८६ जना कर्मचारीले रक्तदान गरेका छन्। निजामति सेवा दिवसको अवसरमा राष्ट्रसेवक रक्तदान कार्यक्रममा ८६ जनाले रगत दिएका हुन्। कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारी, सचिव कृष्ण पुनलगायतले रक्तदान गरेका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा रक्तदान गरिएको थियो। भेरी अस्पताल र रक्त सञ्चार केन्द्रबीचको सहमतिअनुसार भेरी अस्पतालमा आउने बिरामीलाई निःशुल्क […]

सम्बन्धित सामग्री

कर्मचारीलाई थर्काउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरु कामै गर्नुहुन्न यार’

आज निजामति सेवा दिवस । निजामति सेवा दिवसका अवसरमा हरेक वर्ष जस्तै आज पनि कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा ।समकालिन नेताहरुको तुलनामा प्रधानमन्त्री शेरबहादुर देउवा यस्ता नेता हुन्, जो सार्वजनिक मञ्चमा उभिएर सबैभन्दा कम समय भाषण गर्छन् । सँगै, खासै कसैप्रति टिप्पणी पनि गर्दैनन् । तर, आजको दृश्य फरक देखियो । उनी कर्मचारीसँग निकै रिसाए । यति मात्रै होइन, देशको हालत खराब हुनुमा राजनीतिक दलको मात्रै नभई स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको पनि उत्तिकै हात रहेको दाबी पनि गरे । ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन, सत्य कुरा यहीँ हो’ भन्दै अलि कठोर शब्दहरु मिसाएर भाषण सुरु गरेका प्रधानमन्त्री देउवाले भने, ‘सरकार अस्थायी हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ ।’ आज अलि फरक शैलीमा प्रस्तुत भएका देउवाले कर्मचारीहरुको झाँको झार्न बाँकी राखेनन् । ‘यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, देशको दुर्गति छ’ प्रधानमन्त्री देउवाले भने । कर्मचारीहरु राज्यको सुविधा लिएर पनि दुर्गम क्षेत्रका जनताको सेवामा नजाने गरेको प्रति पनि देउवाले पोख्नुसम्म आक्रोश पोखे । ‘दुर्गममा कर्मचारी जाँदै जाँदैनन्, साइन गर्छ फर्किहाल्छ, बस्दै बस्दैन । त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न्’ उनले भने ।देउवा यत्तिमै रोकिएनन् । फेरि ‘बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन सरकार तयार नै छ । तर देशभरको अवस्था त्यस्तै छ । पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ ।  स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ’ उनले भन्न छोडेनन्, ‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन, कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’ कर्मचारीहरु जिम्मेवार नभएको प्रति पनि उनले आक्रोश नै पोखे ।‘जनताको सेवा गर्ने पहिलो माध्यम ब्यूरोकेसी हो नि, उसैले गर्दैन त कसरी देश बन्छ ? डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ? सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ’ प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै भने ।

दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज भदौ २२ गतेको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २२ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर ७ तारीख भाद्र शुक्लपक्ष द्वादशी तिथी उत्तराषाढा नक्षत्र शोभन योग बव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु वामनद्वादशी दहिदान इन्द्रध्वोजोत्थानमतछोयक निजामति सेवा दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, […]

मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूह विजयी

लमजुङमा निजामति सेवा दिवस २०७८ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । निजामती सेवा दिवस जिल्ला समारोह समितिको आयोजनामा मंगलबार प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा निजामती कर्मचारी...

कार्यालय परिसरमै सिमित भएर मनाइँदै निजामती सेवा दिवस

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको निजामति सेवा दिवस मनाइँदै छ। मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षताको निजामती सेवा दिवस मूल समारोह समितिले...

बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारकाे निर्णय

काठमाडौं : सरकारले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ। उनकाअनुसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ।बैठकले राष्ट्रिय जनगणना&ndas

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका […]