बेनी–जोमसोम लगायत ग्रामीण सडक अवरुद्ध

म्याग्दी । आइतवार रातिदेखिको भीषण वर्षाका कारण बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारीसाधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् । म्याग्दीलगायत धवलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूल बालीमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।      त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैं मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कंदै गरेका मानिस समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी–बगरफाँट–भकिम्ली सडकको बांगेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारीसाधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए । पहिरो र हिलोेका कारण बेनी–दरबाङ, बेनी–मालढुंगा, बेनी–बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरबाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए । ‘ठूला सवारीसाधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेकाले सिंगाबाट फर्काएर बेनी ल्याएँ,’ उनले भने । म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ । म्याग्दीका गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रमा हिमपात हुन शुरू भएको स्थानीयले बताएका छन् ।      जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ । ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीहरू घरभित्रै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए । जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिएपछि कृषक चिन्तित भएका छन् । रासस

सम्बन्धित सामग्री

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पा

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

म्याग्दी – गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने […]

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ। बेनी जोमसोम सडक अवरुद्ध पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका…

अविरल वर्षाले म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध

म्याग्दी : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्।तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा सडक भासिएको छ।राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जल

बेनी–जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायतका एक दर्जन बढी सडकहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले जानकारी दिएका छन् […]

म्याग्दीका मुख्य सडक अवरुद्ध

केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक