भारतीय अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। बलिउडमा 'दिलिप साहब' नामले चिनिन ९८ वर्षिय कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो।
उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो। तर आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई हिन्दुजा अस्पतालको नन-कोविड वार्डमा…