प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

सम्बन्धित सामग्री

महाअभियोग निष्प्रभावी भएको पत्र अदालतमा, प्रधानन्यायाधीश जबरा सर्वोच्च जाँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको जानकारीसहितको पत्र सर्वोच्च अदालतमा पुगेको छ । सङ्घीय संसद् सचिवालयले आज पठाएको उक्त पत्र सर्वोच्च अदालतमा पुगेको र उक्त पत्र कार्यान्वयन गरिने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोराको पत्र सर्वोच्च अदालतमा आइपुगेको छ …

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज  बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ । निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा  न्याय सम्पादनका काम प्रभावित भएको हो ।...

सर्वोच्चमा प्रधानन्यायाधीश राणा हुँदा पनि विवाद, नहुँदा पनि विवाद

काठमाडौँ – न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसियसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो। बार र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीश जबरा गोला प्रणालीबाट मुद्दा हेर्न राजी […]

सर्वोच्चमा कानुन व्यवसायीको धर्ना निरन्तर

१४ मंसिर, काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई जारी राख्ने भएका छन् । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा विरुद्ध हरेक दिन सर्वोच्च अदालतमा जारी भएको धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कार्यक्रम जारी रहने बताए । ‘हामीले आज पनि धर्ना दिएका छौं, राजीनामा […]

प्रधानन्यायाधीश जबराले ताेके पेशी, राखे आफ्नै दुईवटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् ।  उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् । त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् । एउटा महान्यायाधिवक्ताक...

महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ । सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले […] The post महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, एक्लिए प्रधानन्यायाधीश जबरा

न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।  आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।  आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् ।  बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्...

प्रधानन्यायाधीश जबरा विपक्षी रहेको रिटमाथिको सुनुवाइ फेरि स्थगित

१६ माघ, काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि डेढ महिना हुँदा पनि सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतमा शुक्रबारका लागि पेस चढेको यो रिटमाथिको सुनुवाइ पुनः स्थगनमा परेको हो । यो रिटमा संवैधानिक परिषद् सदस्यका रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि विपक्षी बनाइएको छ । अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा […]

संविधानसभा अध्यक्षको भनाइ टिपोटमा राखेका छौं : प्रधानन्यायाधीश जबरा

१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् । संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए । त्यस क्रममा जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा […]